भारतसँग सीमा जोडिएको सुनसरीको नाकामा ६ सय सशस्त्र खटाइयो

भारतसँग सीमा जोडिएको सुनसरीको नाकामा ६ सयको संख्यामा सशस्त्र प्रहरी खटाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले दिएको जानकारी अनुसार खुला नाकाबाट हुन सक्ने आवातजावत उपर निगरानी र नियन्त्रणको लागि जनशक्ति थप गरी परिचालन गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले भारतमा कोरोना भाइरसले भयावह अवस्था निम्त्याएको र नेपालमा समेत संक्रमण दर बढ्दो क्रममा रहेको हुँदा खुला सीमाबाट हुने आवतजावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताउनुभयो ।

पौडेलले धरान, इटहरी लगायतका क्षेत्रमा रहेको जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालन गरिएको बताउनुभयो । उहाका अनुसार सीमा क्षेत्रमा आवश्यक्ता अनुसार सुरक्षाकर्मी थपिदै लगिने छ ।
सीमा क्षेत्रमा सशस्त्रका १० वटा बिओपी ९बोर्डर आउट पोष्ट० रहेका छन् । अघिल्लो पटक झंै सशस्त्रले दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै सीमामा फरवार्ड पोष्ट समेत थपेको छ । सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार ९ वटाको संख्यामा फरवार्ड पोष्ट संचालनमा ल्याइएको छ । ति पोष्टमा आवश्यक्ता अनुसारको सुरक्षाकर्मी थप गर्दै लगिने उहाले जानकारी दिनुभएको छ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार सीमा क्षेत्रमा सशस्त्रले पैदल गस्तीका साथै साइकल, मोटरसाइकल र गाडीबाट हुने गस्ती बढाएको छ । उहाले रातीको समयमा समेत निगरानी र सर्तकता बढाइएको बताउनुभयो ।