लिफ्टमा चेपिएर १ जना मजदुरको मृत्यु

सुनसरी _सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोकमा रहेको पशुपती फ्याक्ट्रीका मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ । भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो ।

मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।