३ दिने अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविरमा ४३ जनाले पाए परिचयपत्र


हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत माई नगरपालिकाको आयोजनामा सन्चालित ३ दिने अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविरमा ४३ जनालाई परिचयपत्र प्रदान गरिएको छ ।

करुणा फाउण्डेसन नेपालको प्रविधिक सहयोगमा सम्पन्न शिविरबाट रातो परिचयपत्र (१, निलो(१३, पहेलो(१५ र सेतो(१४ बटा वितरण गरिएको माई नगरपालिका प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिनुभयो ।

नगर भित्रकाका ५ स्थान र घर(घरमा पुगेर ७९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । यस अघि नगर भित्र ४ सय ६८ जनाले अपाङ्गतस परिचयपत्र प्राप्त गरि सकेको महिला विकास निरीक्षक जमुना पौडेलले बताउनुभयो ।

घुम्ती शिविरमा मेडिकल अधिकृत डाक्टर रामकृष्ण आचार्य, करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छवि श्रेष्ठ, सिविआर अफिसर अनिल रिमाल, समुदाय संयोजक विमल दहाल, सिविआरएफहरु मिना कुमारी जवेगु, संझना खड्का, माया लिम्बु, दिव्या चाम्लिङ्ग, पवित्रा कडेल, दिलकुमारी राई लगायतको सहभागिता रहेको थियो।