नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन


विराटनगर _नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन गरेको छ ।
प्रदेश ,जिल्ला र नगरतहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको खनाल–नेपाल पक्षले आज सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो ।
युवा संंघ नेपाल महानगर कमितिको उपाध्यक्ष क्रमश कल्याण कटुवाल र ईश्वर माझी त्यसैगरी सचिवमा जुनु पोख्रेल सहसचिवका क्रमश ,संजय गुप्ता,निरज मल्ल,दिना यादव र कोषाध्यक्षमा रितेष गौतम रहेको छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एव पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा एमाले विराटनगर महानगर कमिटिको कार्यलयमा समपन्न भएको थियो । मंगलबारमात्र बिमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय
लोतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगर गठन भएको थियो।
खनाल–नेपाल पक्षले चैत २८ गते एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।
दुवै कमिटी गठन गरेको दुई हप्तापछि सो समूहले महानगरपालिकामा आफ्नो कार्यालय स्थापना स्थापना गरी समानान्तर गतिविधि गदै आएको एमालेको खनाल–नेपाल पक्षका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताउनुभयो ।