सूर्योदय नगरपालिकाको हाटबजार बन्द


फिक्कल _ नयाँ भेरिएण्ट सहितको कोरोना भाइरस कोभिड–१९ को संक्रमण द्रुत गतिमा बढ्दै गएपछि इलामको सूर्योदय नगरपालिकाको हाटबजार बन्द गरिएको छ । जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका क्षेत्र भित्र लाग्दै आएका हाटबजार बन्द गरिएको हो ।

कार्यबाहक नगर प्रमुख चन्द्र कुमार सुब्बा र प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले सुचना जारी गदैै अर्को निर्णय नभएसम्म सबै हाटबजार बन्द गरिने जनाएका छन् । भारतसंग सिमा जोडिएको सूर्योदय नगरपालिकामा कोरोनाको संक्रमण बढ्ने खतरा देखिएपछि माइकिङ गर्दै सचेतना अपनाउन आग्रह गरिएको छ । {साभार :लोकल सन्देश}