इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र बनाउदै


इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा वजारमा अनुगमन गरिएको छ । आपगाँछीका २ र तरहराका ७ गरि ९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले वरामद गरि नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईका अनुसार कोकाकोला,स्प्रिाइट,रियल जुस,हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो । इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले वताउनुभयो ।