भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३ हजार ६ सयभन्दा धेरैको ज्यान गयो

भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।

यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३५ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकोछ । यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हाल सम्म एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ ।

भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ । विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन् ।काठमाण्डौ ( भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३ हजार सयभन्दा धेरैको ज्यान गएको छ ।

यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३५ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकोछ । यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हाल सम्म एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ ।

भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ । विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन् ।