राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी रुजु अधिकारी प्रशिक्षण कार्यक्रम आज दानाबारीमा सम्पन्न


बैशाख २१ गतेबाट माई नगरपालिका भित्रका नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी रुजु अधिकारी प्रशिक्षण कार्यक्रम आज दानाबारीमा सम्पन्न भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय परिचयपत्र विवरण संकलनका मुख्य पात्रहरु, परिचयपत्रकोे लागि आवश्य विवरण, वडा कार्यालयको कार्य तथा भुमिका, जनप्रतिनिधिको भुमिका, सेवाग्राहीबाट हुन सक्ने सम्भावित त्रुटिहरु लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

माईका १० वटै वडाका अध्यक्ष, वडा सचिव र माध्यमिक तहका शिक्षक सहित ३० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण ईलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईं, राष्ट्रिय परिचयपत्र सुपरभाईजर नुमा कार्की, जिल्ला प्रशासन कार्यालय ईलामका लेखा प्रमुख महेन्द्र चौहान, माईका प्रमुख प्रशासकिय अधिकृत विष्णु कुमार थेगुवाले सहजीकरण गर्नु भएको वताईएको छ।

नगरको वडा नम्बर(३, ७, ९ र १० का ३(३ स्थानवाट र अन्य वडामा ४(४ स्थानवाट गरि नगरका ३६ स्थानवाट सेवा प्रदान गरिने जनाईएको छ । कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।