आधा घण्टाभित्र विराटनगरमा तीन सङ्क्रमितको मृत्यु

विराटनगर _विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुुरुषको आज बिहान मृत्यु भएको छ । तीनै जनाको मृत्यु आधा घण्टाभित्रमा भएको हो । उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमितमध्ये एक जनाको हृदयघातका कारण ज्यान गएको छ । विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए । तर श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । ‘मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो कुनै समस्या नरहेको पाइएको छ,’

विराटनगरका पुरुषसँगै नोबेलको आइसोलेसनमा संक्रमित तीन जना पुरुषको पनि आज बिहान आधा घण्टाभित्रमा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना प्रदेश १ को राजधानी विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको दाहालले बताउनुभयो ।

त्यस्तै नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको दाहालले बताउजनुभयो ।