चटयाङ लागेर सुनसरीमा एक पुरुषको मृत्यु


चटयाङ लागेर सुनसरीको गढी गाउँपालिकामा एक पुरुषको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार विहान परेको चटयाङले लागेर गढी गाउँपालिका वडा नम्बर २ का ६० वर्षिय रघुनाथ यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी नरेन्द्र कुमार कार्कीका अनुसार खेतमा भैसी चराउदै गरेका यादवको विहान ८ बजे परेको चट्याङ लागि ज्यान गएको हो । प्रहरीले यादवको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।