नयाँबजारमा बालागुरु संस्कृत विद्यापिठको २ कोठे भवन उद्धघाटन


नयाँबजार_ इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको बालागुरु संस्कृत विद्यापिठको २ कोठे भवन उद्धघाटन गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाको १६ लाख र गाउँपालिकाको ५ लाखको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भवनको आज एक समारोहका बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै अध्यक्ष राईले शिक्षालाई गाउँपालिकाको उच्च प्राथमिकतामा राख्दै योजनाहरु बनाइएको बताउनुभयो । त्यसैगरी गाउँपालिकाको २७ हजार आर्थिक सहयोगमा प्रविधिमा विद्यार्थीहरुको पहुँचका लागि इन्टरनेट समेत जोडिएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिनुभयो।{साभार: लोकल सन्देश}