ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु


बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा आज दिउँसो ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मे १ त ७००५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरमा मजदुरको रुपमा काम गर्ने बिर्तामोड ३ बस्ने २०बर्ष को बाबू भनिने सन्दिप अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका अधिकारीको उपचारको क्रममा २ बजेर ५५ मिनेटमा बिएण्डसी हस्पिटलमा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले बताउनुभयो।

बालुवा ढुवानी गर्ने ट्रयाक्टर बालुवा झार्ने क्रममा पछाडि सार्दा चक्का खाल्डोमा परि दुर्घटना भएको उहाले जानकारी दिनुभयो । ट्रयाक्टर चालक बिर्तामोड ३ बस्ने २०बर्ष का अनिल खड्का र ट्रयाक्टर इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।