पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण पुष्टि


नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ ।

स्रोतका अनुसार उहाको अवस्था सामान्य भए पनि कोरोनाका लक्षण देखिएको छ।