युवा क्लबद्धरा फिक्कल बजारमा सचेतना कार्यक्रम एवम मास्क वितरण


फिक्कल – कोरोनाको जोखिम बढ्दै जान थालेपछि सूर्योदय नगरपालिका–९ को युवा क्लबले फिक्कल बजारमा सचेतना कार्यक्रम एवम मास्क वितरण गरेको छ । क्लबले चोकमा सचेतना मुलक सन्देश सहित माक्स समेत वितरण गरेको हो ।

वालबालिकाले माईकिङ गर्दै कोभिड संग डराउने भन्दा पनि सचेत रहन आग्रह गरेका छन् । फिक्कल चोकमा कार्यक्रम गर्दै सामाजिक दुरी कायम गर्न , अनिवार्य माक्स लगाउन सबैलाई आग्रह गरिएको छ। नगर क्षेत्रमा जोखिम बढ्दै जाँदा बजारमा कालो बजारी मौलाएको भन्दै सरोकारवाला निकायलाई ध्यान दिन समेत युवाहरुले आग्रह गरेका छन् ।

क्लबका अध्यक्ष अमित राईको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा सामाजिक दुरी कायम गर्दे बजार क्षेत्रमा सचेतना मुलक सन्देश सहित माइकिङ गरिएको थियो । अध्यक्ष राईले सानातिना गल्ती नगर्दा कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

यस्तै क्लबका सचिब बिकास लेप्चाले सचेतना अपनाएर हिडडुल गर्न आग्रह गर्दै सरकारले तोकेका मापदण्डको पालना गर्न आग्रह गर्नुभयो। सचेतना कार्यक्रममा क्लबमा आवद्ध बिद्यार्थीहरुको सहभागीता रहेको थियो । यसै बिच प्याब्सन सूर्योदय नगर कमिटीले समेत फिक्क्ल चोकमा माक्स बितरण गरेको छ । प्याब्सनले माक्स नलगाई हिड्ने ब्यक्तिलाई सम्झाउदै माक्स बितरण गरेको हो ।{साभार:लोकल सन्देश}