सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने

सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते बिहीवार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । तर भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ । आन्तरिक उडान आजै रातिदेखि बन्द हुँदैछन् ।

स्थल मार्गबाट विदेशीको आवागमन बन्द गरिएको पनि ओलीले जानकारी दिनुभयो ।