आज इलाममा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । । इलाम नगरपालिकाका ४ रोङ गाउँपालिकाका २ सूर्योदय र माईका १ १ जनामा संक्रमण देखिएको छ ।

इलाम जिल्लामा हालसम्म कुल संक्रमितको सङख्या ५४ जना पुगेको छ । जसमा ३३ पुरुष र २१ महिला रहेका छन् । सबैभन्दा बढि संक्रमित इलाम नगरपालिका क्षेत्रका १२ पुरुष र ११ महिला गरी २३ जना रहेका छन् । रोङ गाउँपालिकामा १५ जना, चुलाचुलीमा ५ जना, सूर्योदयमा ४ जना, माईमा ३, फाकफोकथुममा २ तथा देउमाई र माईजोगमाईमा १ १ जना रहेका छन् ।

हालसम्म २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।