सोयाङकी ५४ बर्षीया ख्याम कुमारी लिम्बुको लडेर मृत्यु


इलाम _इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङकी ५४ बर्षीया ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ ।

सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागी गम्भिर घाइते भएकी लिम्बुको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउना साथ राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । {साभार :इलाम आवाज}