आज इलाममा थप १८ जना कोरोना संक्रमित थपिए,२ जनाको मृत्यू


इलाम _आज इलाममा थप १८ जनामा कोरोना संक्रमित थपिएका छन । ११ जना महिला र ७ जना पुरुषमा स‌क्रमण देखिएको प्रशासनले जनाएको छ ।

संक्रमित १८ जना नै इलाम नगरपालिकाका भित्रका रहेको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो । योसँगै इलाममा संक्रमितको संख्या ७४ पुगेको छ ।

संक्रमणका कारण आज २ जनाको मृत्यू भएको छ । यो संगै
मृत्यू हुनेको सङख्या ४ पुगेको छ