सुखानी प्रवेशद्वारमा युवाको निगरानी


माई, इलाम _राष्ट्रिय युवा संघ नगर कमिटी र युवा सशक्तीकरण संजाल माईको संयुक्त आयोजनामा झापाबाट ईलाम प्रबेश गर्ने सुखानीमा कोभिड १९ विरुद्ध सचेतना कार्यक्रम सहित युवाले निगरानी गर्न थालेका छन् ।

माई नगरपालिका वडा नम्बर ४ मा पर्ने सुखानीमा कोभिड(१९ संक्रमण फैलिन नदिन तथा सचेतना फैलाउने गरि आज देखि माक्स वितरण सहित सचेतना प्रदान गरिएको हो ।

युवा संघ नेपाल माईका अध्यक्ष कुमार लिम्बूका अनुसार यात्रुहरुलाई भरसक घरबाट कतै नहिड्न, हिड्नै परे स्वास्थ्य मापदण्डको प्रयोग गर्न आग्रह गरेको बताउनुभयो । अध्यक्ष लिम्बुले माक्सनै प्रयोग नगरी हिड्ने करिव ४ सय जनालाई निस्शुल्क माक्स वितरण र सेनिटाईजर प्रयोग गरिएको समेत जानकारी दिनुभयो ।

झापा र ईलामको सिमना सुखानी शहिद सहादत स्थलमा युवा संघले आउने जाने यात्रुहरुलाई रोकी विवरण संकलन सहित सचेतना निगरानी कार्यक्रम सञ्चालन गरेको हो ।

माई नगरपालिका भित्र पनि नयाँ भेरियन्टको कोरोना बाट ३ जना संक्रमित भएपछी सिमा नाकाहरुमा युवाले यात्रुहरुको निगरानी वढाउनु परेको युबा सशक्तिकरण सन्जाल माईका अध्यक्ष दिपेन्द्र लिम्बुले बताउनुभयो । युवा संघ र युवा सशक्तिकरण सञ्जालले नगरबासीलाई सुरक्षीत रहन अपिल गर्दै आएको छ ।