आज सुनको मूल्य तोलामा तीन सयले घट्यो
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।
देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले जनाएको छ ।