७ दिन व्यवसाय बन्द कार्यान्वयन गराइदिन सूर्याेदय नगरपालिकालाई ध्यानार्कषण


फिक्कल _ कोरोनाको जोखिम न्युनिकरणको लागि ७ दिन व्यवसाय बन्द कार्यान्वयन गराइदिन सूर्योदय नगर उद्योग वाणिज्य संघले सूर्योदय नगरपालिकाको ध्यानार्कषण गराएको छ । अन्तरक्रिया र छलफल गर्दा स्वः स्फूर्त रुपमा ७ दिनको लागि व्यवसाय बन्द गरि कोभिडको चेन ब्रेक गर्नका लागि नगर क्षेत्रका व्यवसायीहरु सहमत भएकाले महामारीको जोखिम न्युनिकरणको लागि निर्णय कार्यान्वय गराइदिन संघले नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

महासचिव राजन प्रधानले जारी गरेको ध्यानाकर्षण पत्रमा नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोश्रो लहरबाट हुन सक्ने जोखिम र संक्रमणलाई फैलनबाट रोक्नका लागि व्यवसायीहरु ७ दिन व्यवसाय बन्द गर्न सहमत भएको उल्लेख गरिएको छ ।{साभार:लोकल सन्देश}