पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि, ५८ जनाको ज्यान गयो


नेपालमा पछिल्लो २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा थप ५८ जनाको ज्यान गएको छ ।