इलामे गायक रगुन र मेलिनाको स्वरमा रहेको नयाँ गीत(भिडियो)‘आफ्‍नोपन’ सार्वजनिक


इलाम _ इलामे गायक रगुन गुरुङ र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘आफ्नोपन’ सार्वजनिक भएको छ । विपिन किरणको शब्द, नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा नवीनराज शिवभक्ति र सविता अधिकारीले मुख्य अभिनय गर्नुभएको छ । भिडियोको निर्देशन नवीनराज शिवभक्तिले नै गर्नुभएको हो । गायक समेत रहनुभएका नवीनराजले म्यूजिक भिडियोको निर्देशनमा आफ्नो कौशल देखाउनुभएको छ।

रोशन कार्कीको सिनेम्याटोग्राफीको उक्त भिडियोलाई प्रेम बलामपाकीले एडिट गर्नुभएको हुो । गितको रेकर्डिङमा राजेश र साजनको भूमिका रहेको छ भने मिक्सिङमा किशोर थापाले काम गर्नुभएको छ । म्युजिक भिडियाको सुटिङ जापानमा गरिएको हो ।
सूर्योदय नगरपालिकाको बरबोटे स्थाई बसोबास रहेका गायक गुरुङका दर्जनौ गीत यस अघि नै बजारमा आइसकेको छ ।
गायक गुरुङ शिक्षा क्षेत्रमा समेत सम्लग्न रहि स्थानीय स्तरबाट गीत संगीतमा निरन्तर संक्रिय रहदै आउनु भएको छ ।