माछा मार्न गएका एक युवकको शव जंगलमा भेटियो


विराटनगर_माछा मार्न गएका एक युवकको शव जंगलमा फेला परेको छ । मोरङको लेटाङ नगरपालिका ५ का २७ वर्षीय उगेन मगरको शव आज बिहान जंगलमा फेला परेको हो ।

उनी बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्न जाने भन्दै हिडेका थिए । तर राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले खाजी गरेका थिए । मगरको शव आज बिहान लेटाङकै एउटा जङ्गलमा भेटिएको प्रहरीले बताएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटना संकास्पद भएकाले अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

मगरको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप विषय खुल्ने उहाले बताउनुभयो ।