सप्तरीका शहरी क्षेत्रमा शनिबारदेखि निषेधाज्ञा लगाउने निर्णय


सप्तरी _सप्तरीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते शनिबार १२ बजे राति देखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गतेदखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

उहाका अनुसार बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ । निजी क्लिनिक सञ्‍चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्‍चालन गर्न बैठकले भनेको छ ।
जिल्लामा बुधबारसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको छ ।