आज इलाममा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम _आज इलाममा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। रोङ गाउँपालिकाका १ जना महिला र चुलाचुली गाउँपालिकाका १ जना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभएको छ।
इलाम जिल्लामा कुल संक्रमितको संख्या १०१ पुगेको छ भने अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ।