चुलाचुली गाउँपालिकामा कोबिड अस्पताल संचालनको तयारी


चुलाचुली _इलामको दक्षिणि चुलाचुली गाउँपालिकामा माहामारीको रुपमा आएको कोरोना भाइरसका बिरामीको उपचारका लागि कोबिड अस्पताल संचालनको तयारी भएको छ । चुलाचुली ३ अवस्थित सामुदायीक भवनमा कोविड रोगका बिरामीको उपचारका लागि अस्पताल संचालन गरिने भएको हो ।
अस्पताल संचलानका लागि आवश्यक सामग्री र उपकरणको व्यवस्थापन भइसकेको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो । अस्पतालमा मेडिकल अधिकृत सहितको जनशक्ति रहेने छ । अघिल्लो वर्ष कराममा नियुक्ति दिएका स्वास्थ्यकर्मीहरुसँग सम्पर्कमा रहेको र चाँडै नियुत्ति प्रक्रिया अघि बढाएर अस्पताल संचालन गर्ने गाउँपालिकाले जनाएको छ । कोबिड अस्पताल २० वेडको संचालन हुनेछ । अस्पतालका लागि ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा रहेको र बाँकी १५ वटा सिलिण्डर थप गर्ने योजनामा गाउँपालिका रहेको छ । कोरोना भाइरसको रोगथामका लागि झापाबाट चुलाचुली प्रवेश गर्नेहरुका हकमा सुरक्षार्कीको सहयोगमा कडाइ गरिएको छ । झापासँग सीमा जोडिएको पालिकाको सीमा नाकाहरुमा सुरक्षा सतर्कताका साथ आवतजावत गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो ।
पालिका भित्रका कार्यालयहरुमा अहिले सेवा बन्द नगरि एपनि सेवा लिन आउने सर्वसाधारणको संख्यामा कमी आएको छ । प्रमुख प्रशासकिय कार्यालय र वडा कार्यालयमा सुरक्षाका मापदण्ड पालना गरि सेवा प्रदान गरिँदै आएको गाउँपालका अध्यक्ष प्रदिपचन्द्र राईले बताएउनुभयो।
कोरोनाको दोस्रो भेरिएण्टबाट चुलाचुली गाउँपालिकामा दुई जनाको मृत्यु भएको तथ्याङ्क छ । जसमध्ये एकको काठमाडौँमा निधन भएको गाउँपालिकाले जनाएको छ । कोरानाबाट मृत्यु भएका परिवारको कन्ट्रयाक ट्रेसिङ्ग गरि १९ जनाको स्वाब संकलन गरि पिसिआर टेष्टका लागि ल्याबमा पठाइएकोमा ६ जनाको रिपोट आउन बाँकी रहेको छ ।
कोरोना माहामारीको सचेतनाका लागि गाउँपालिकाले माइकिङ, सुचना प्रकाशन, प्रशारण र चेतनामुलक पर्चा वितरणको कामलाई प्राथमितामा राखि काम गर्दै आएको छ । गाउँपालिकाले विकास निर्माणका कामलाई माहामारीकै बिच स्थानीय श्रमशक्तिको उपयोग गरि निरन्तरता दिएको छ । गतवर्षको ५ महिने लकडाउनमा पनि स्थानीय श्रमशक्तिको प्रयोगबाट विकास निर्माणका कामलाई निरन्तरता दिएपछि चुलाचुली गाउँपालिकाको भौतिक र वित्तिय प्रगति राम्रो थियो ।
चालु आर्थिक वर्षको विकास निर्माणको काम अहिले ६० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।{साभार:लोकल सन्देश}