विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थप


मोरङ मोरङको विराटनगरमा भइरहेको निषेधाज्ञाको अवधि एक हप्ता लम्ब्याइएको छ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो ।

बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जेठ १ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्ने बैठकले निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।