रुखबाट खसेर इलाम बरबोटेका युवकको मृत्यू


इलाम _ इलाम नगरपालिका वडा नं ५ साविक बरबोटे गाविस वडा नं ८ का एक युवकको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यू भएको छ ।
छिमेकीको घाँस काट्नका लागि खन्यूको रुखमा चढेका २८ वर्षीय मिलन अधिकारीको रुखबाट खसेर मृत्यू भएको हो । आज विहान ९ बजे ५० मिटर अग्लो रुखबाट खस्दा घटना स्थलमै मृत्यू भएको स्थानीय युवा हरि घिमिरेले जानकारी दिनुभएको छ । घटना स्थलमा प्रहरी बिट बिब्ल्याँटेका प्रहरी गइरहेका छन्।{साभार: इलाम आवाज]