नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना सङ्क्रमणबाट ज्यान गयाे


नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।