इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव फेला


इटहरी _इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान इटहरीको टेङ्ग्रा खोला नजिकै नग्न अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

पुल छेउमा एक अपरिचित पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अन्दाजी ३० वर्षका पुरुष सडक मानव भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।