आज इलाममा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम _आज इलाममा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ८ पुरुष र ५ महिला गरि १३ जना इलाम नगरपालिका भित्रका रहेका छन् । यस्तै रोङ गाउँपालिका र देउमाई नगरपालिकाका १/ १ जना महिलामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाम जिल्लामा अहिले सम्म कुल संक्रमितको संख्या ११६ पुगेको छ भने कोरोना सङ्क्रमणको कारण ४ जनाको मृत्यु भइसकेको छ