सूर्योदय नगरपालिकामा अत्यावश्यक सवारी साधन र खाध्यान्न पसल बाहेक अनिश्चितकालको लागि बन्द


फिक्कल _सूर्योदय नगरपालिकाले नयाँ भेरिन्ट सहितको दोश्रो लहरको कोभिड–१९ को बढ्दो संक्रमण रोक्न अत्यावश्यक सवारी साधन र खाध्यान्न पसल बाहेक अनिश्चितकालको लागि बन्द गर्ने भएको छ । नगरपालिकाले सुचना जारी गर्दै औषधीजन्य, खाध्यान्न, कृषि उपज, निर्माण सामाग्री ओसारपसार गर्ने सवारीसाधन, सरकारी गाडी र एम्बुलेन्स बाहेक अर्को निर्णय नभएसम्मको लागि संचालन बन्द गर्ने भएको हो ।
खाध्यान्न पसलहरु विहान ८ बजेबाट बेलुका ७ बजेसम्म खुल्ला राख्न पाइनेछ । प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले सुचना जारी गर्दै छिमेकी मुलुकबाट पशुपतिनगर नाका हुँदै नेपाल भित्रिने अन्य जिल्लाका व्यक्तिहरु र सूर्योदय बाहेक इलाम जिल्लाका अन्य पालिकाबाट नगर क्षेत्रमा आउनेहरुको लागि सम्बन्धीत क्षेत्रमा पुग्ने व्यवस्था नभएसम्म होल्डिङ्ग क्वारेन्टाइनको व्यवस्था गर्ने जनाएका छन् ।
नगरका १४ वटै वडाका वडाध्यक्षहरुको सम्पर्क २४ सै घण्टा खुल्ला राख्ने र नगर क्षेत्रका प्रहरी चौकीमा उपलव्ध गराइ सम्बन्धित वडामा बाहिरबाट आउने व्यक्तिहरुलाई घरमै होम क्वारेन्टाइन बस्ने÷ बसाउने व्यवस्था मिलाइने भएको छ । अत्यावश्यक बाहेक वडा कार्यालयबाट प्रदान गरिने सेवा, सशर्त अनुदान बाहेकका अन्य आयोजना सम्झौता, भेला, जात्रा, महोत्सव, पर्व अनिश्चितकालको रोकिएको छ ।

त्यसैगरी मलामी, अत्यावश्यक परम्परागत धार्मिक र सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा सामाजिक दुरी कायम गरी जनस्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गरी कम भन्दा कम बढिमा ५ जना उपस्थित हुने गरी गराउन आग्रह गरेको छ । नयाँ भेरिन्ट सहितको कोरोनाबाट कसैको मृत्यु भएमा शवबाहनको व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

स्वास्थ्य शाखाबाट संचालित पोषण क्षमता अभिवृद्धि तालिम, मेडपा सम्बन्धी तालिम र अन्य सवै प्रकारको तालिमहरु र व्यक्तिगत घटना दर्ता शिविर कार्यक्रम हाललाई स्थगित गरिएको छ ।सूर्योदय नगर उद्योग वाणिज्य संघले कोरोनाको जोखिम न्युनिकरणको लागि ७ दिन व्यवसाय बन्द कार्यान्वयन गराइदिन गत बैशाख २२ गते नगरपालिकाको ध्यानाकर्षण समेत गराएको थियो । {साभार:लोकल सन्देश}