माईमा पिसिआर गरेका ९० प्रतिशतमा पोजेटिभ, आज थप १३ जना संक्रमित थपिए


माई,ईलाम_ईलामको माई नगरपालिकामा पिसिआर गरेका ९० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो बैशाख २१ र २३ गते गरिएको १६ जनाको पिसिआर परिक्षणमा आज १३ जनाको पोजेटिभ रिपोर्ट आएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ भई संक्रमित हुनेमा माई २ का ८, १४, २८ र २९ माई ३ का २८ र २९, माई ५ का ३४ र ७६ र माई ९ का २२ बर्षका पुरुष रहेका छन। त्यस्तै ४ जना महिला पनि संक्रमित भएका छन। संक्रमित हुनेमा माई २ का २८ र ३४ बर्ष, माई ५ का ७३ बर्ष र माई ७ का ३४ बर्षका रहेका छन।

यस अघि माई १, ३, ४ र ६ का ४ जना पुरुष संक्रमित भई होमआईसोलेशनमा रहेको प्रमुख कट्टेलले जानकारी दिनुभयो ।