आज इलाममा थप १८ जना कोरोना संक्रमित थपिए


इलाम_आज इलाममा थप १८ जना कोरोना संक्रमित थपिएका छन। संक्रमित मध्ये १० पुरुष र ३ महिला गरि १३ जना माई नगरपालिका भित्रका रहेका छन् । इलाम नगरपालिकाका ३ महिला रोङ गाउँपालिकाका १ पुरुष र माङसेबुङ गाउँपालिकाका १ महिलामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाम जिल्लामा अहिले सम्म कुल संक्रमितको संख्या १३४ पुगेको छ भने कोरोना सङ्क्रमणको कारण ४ जनाको मृत्यु भइसकेको छ