आज ८ हजार ४१८ जना संक्रमित थपिए,५३ जनाको मृत्यु


आज थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ३१५ नमुनाको पीसीआर टेष्ट गर्दा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।आज कोरोना भाइरस को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ ।