पाँचथरमा फौजी किराको प्रकोप


पाँचथर –गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि पाँचथरका किसानहरु चिन्तित बनेका छन् ।
पाँचथरको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो । उहाँका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ ।
हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने विषादी किसानलाई वितरण गर्ने तयारी भइरहेको प्रमुख विष्टले बताउनुभयो ।
फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् ।