पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ८८ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।