आज इलाममा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ६ पुरुष र ५ महिला गरि ११ जना इलाम नगरपालिका भित्रका रहेका छन् । यस्तै सूर्योदयन नगरपालिकाका १ महिला र १ पुरुष,देउमाई नगरपालिकाका १ पुरुष ,चुलाचुलीगाउँपालिकाका २ महिला, र फाकफोकथुमगाउँपालिकाका १ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाममा आज सम्म संक्रमितको संख्या १५१ पुगेको छ भने ५जनाको मृत्यु भइसकेको छ