आज इलाममा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १६ पुरुष र ११ महिला गरि जम्मा २७ जना इलाम नगरपालिका भित्रका रहेका छन् । यस्तै चुलाचुली गाउँपालिकाका ४ महिला र ४ पुरुष गरि ८ जना,रोङ गाउँपालिकाका १ पुरुष माईजोगमाई गाउँपालिकाका १ पुरुष, देउमाई नगरपालिकाका १ पुरुष , माई नगरपालिकाका २ पुरुष र फाकफोकथुम गाउँपालिकाका १ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । ।
इलाम जिल्लामा कुल संक्रमितको संख्या १९२ पुगेको छ भने अहिले सम्म ५ जनाको मृत्यु भइसकेको छ