माईका कोरोना पोजेटिभका घर घरमा स्वास्थ्यकर्मी


माई,ईलाम_नगर भित्रका कोरोना संक्रमितका घर(घरमा माईका स्वास्थ्यकर्मी पुग्न थालेका छन् ।
संक्रमित भएका हरुको स्वास्थ अवस्था बुझन नगर स्वास्थ्य संयोजक पुष्कर कट्टेल, मेडिकल अधिकृत रामकृष्ण आचार्य, आईतबारे आयुर्वेद अस्पतालका चिकित्सक सहितको टोलि विरामीको घर(घर पुगेका हुन। सोमबार नगरका १७ संक्रमितको घर(घरमै पुगि एलोपेथिक र आयुर्बेदिक औषधी समेत निशुल्क बितरण गरिएको संयोजक कट्टेलले जानकारी दिनुभयो । संक्रमित संगको कन्ट्रयाक ट्रेडिङका आधारमा १६ जनाको स्वाब समेत सोमबारै संकलन गरिएको छ ।
भारतबाट आएका माई २ का एक र माई ५ का संखुवासभामा काम गर्दै गरेका एक जना गरि २ जना आज थपिए संगै संक्रमितको संख्या १९ जना पुगेको छ ।