आज इलाममा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ३ पुरुष र २ महिला गरि ५ जना सूर्योदयन नगरपालिकाका रहेका छन् । यस्तै इलाम नगरपालिका भित्रका २ महिला,देउमाई नगरपालिकाका २ पुरुष,माइ नगरपालिकाका ३ पुरुष र रोङ गाउँपालिकाका १ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाममा आज सम्म संक्रमितको कुल संख्या २०९ पुगेको छ भने ७ जनाको मृत्यु भइसकेको छ