माङसेबुङ गाउँपालिकामा १० वेडको क्वारेन्टिन निर्माण सुरु


माङसेबुङ_इलामको माङसेबुङ गाउँपालिकाले कोभिड १९ पोजेटिभ भएकालाई राख्न क्वारेन्टिन निर्माण सुरु गरेको छ ।

माङसेबुङ गाउँपालिका ३ स्थित लाक्तापामा १० वेडको क्वारेन्टिन निर्माण सुरु भएको हो । साविकको कृष्णज्योति प्राथमिक विद्यालयको भवनमा क्वारेन्टिन निर्माण भइरहेको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टिनका लागि भवन परिसर सरसफाई र घेराबारा, शौचालय निर्माण, खानेपानीको व्यवस्थापन, फर्निचर निर्माण, इन्टरनेट व्यवस्थापनको काम भइरहेको गाउँपालिकाका असिस्टेण्ड सबइन्जिनियर पुष्कर कार्कीले जानकारी दिनुभयो ।{साभार:नयाँ बुलन्द}