आज इलाममा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सूर्योदयन नगरपालिकाका २ पुरुष इलाम नगरपालिकाका १ पुरुष ,रोङ गाउँपालिकाका ३ महिला र माइजोगमाई गाउँपालिकाका १ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाममा कुल संक्रमितको संख्या २१६ पुगेको छ भने ७ जनाको मृत्यु भइसकेको छ