कोरोना संक्रमणबाट इलाम नगरपालिकाका एक पुरुषको मृत्यू
इलाम_कोरोना संक्रमणबाट इलाम नगरपालिका वडा नं ७ का एक पुरुषको मृत्यू भएको छ ।
कोरोना पोजेटिभ भएपछि ४ दिनअघि झापाको मेची अस्पताल भद्रपुरमा उपचारत रहेका ५७ वर्षीय पुरुषको आज विहान ८ बजे मृत्यू भएको वडाध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।
उनको शव अन्त्यष्टिका लागि इलाम ल्याइएको छ । सेनाले शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
इलाममा मृत्यू हुनेको संख्या ८ पुगेको छ ।