आज इलाममा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । संक्रमित मध्ये ७ पुरुष र ८ महिला गरि जम्मा १५ जना सूर्योदयन नगरपालिका भित्रका रहेका छन ।चुलाचुली गाउँपालिकाका २ महिला र ४ पुरुष इलाम नगरपालिकाका २ पुरुष र २ महिला र माई नगरपालिकाका २ महिलामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये १९१ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २२ जना र आई सि यु मा ६ जनाको उपचार भईरहेको छ।
आज सम्म इलाममा कुल संक्रमितको संख्या २४३ पुगेको छ भने १० जनाको ज्यान गइसकेको छ।