पाँचथरका एक युवकको भर्याङबाट लडेर मृत्यु
पाँचथर_पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको भर्याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राती १ बजे आफ्नै घरको भर्याङबाट लडेर घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।