जोरकलशमा खटिएका प्रहरीलाई मास्क र सेनिटाइजर


फिक्कल_इलाम र झापाको सिमाना जोरकलशमा खटिएका किटेनी प्रहरी चौकीका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गरिएको छ । इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका का चेयरमेन डिल्ली अधिकारी र इन्द्रेणी ग्रुपको अगुवाइमा प्रहरीलाई १ हजार १ सय थान मास्क र २२ बोतल हेन्ड सेनिटाइजर प्रदान गरिएको हो ।

कोभिडको महामारीका क्रममा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आज स्वास्थ्य सामाग्री प्रदान गरिएको पर्यटन सुचना केन्द्र जोरकलशका सुचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो।{साभार:लोकल सन्देश}