आज इलाममा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम_आज इलाममा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ पुरुष र ४ महिला गरि जम्मा ८ जना इलाम नगरपालिका भित्रका रहेका छन ।सूर्योदयन नगरपालिकाका १ पुरुष,चुलाचुली गाउँपालिकाका १ पुरुष र रोङ गाउँपालिकाका १ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये २०१ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २२ जना र आई सि यु मा ७ जनाको उपचार भईरहेको छ।आज सम्म इलाममा कुल संक्रमितको संख्या २५४ पुगेको छ भने संक्रमित मध्ये १४ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण १० जनाको ज्यान गइसकेको छ।