आज इलाममा थप ५६ जना कोरोना संक्रमित थपिए


इलाम _आज इलाममा थप ५६ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित मध्ये सबै भन्दा धेरै २५ पुरुष र १३ महिला गरि जम्मा ३८ जना इलाम नगरपालिका भित्रका रहेका छन । सूर्योदयन नगरपालिकाका २पुरुष र २ महिला ,चुलाचुली गाउँपालिकाका ५महिला र ५ पुरुष रोङ गाउँपालिकाका १ महिला र फाकफोकथुम गाउँपालिकाका ३ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।संक्रमित मध्ये २४७ जना होमआइसोलेशनमा रहेका छन भने सामान्य उपचारमा २२ जना र आई सि यु मा ७ जनाको उपचार भईरहेको छ।इलाममा कुल संक्रमितको संख्या ३१० पुगेको छ भने संक्रमित मध्ये २३ जना निको भएका छन।
कोरोना सङ्क्रमणको कारण ११ जनाको ज्यान गइसकेको छ।